काठमाडौं । ओपनर जोन सिम्पसनको अर्धशतकप्रेरित काठमाण्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा चितवन राइनोजविरुद्ध १४३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको काठमाण्डूले निर्धारित १९.४ ओभरमा सबै विकेट गुमाएर १४२ रनमात्र बनाउन सक्यो ।
काठमाण्डुका लागि सिम्पसोनले सर्वाधिक ६० रन बनाए । उनले २९ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । जोन र मिलिन्दले चौथो विकेटका लागि ९८ रनको साझेदारी गरेका थिए ।
मिलिन्दले ३८ रनको योगदान दिए । वेन चाल्र्सवर्थ १३, आकाश त्रिपाठी ४, रसिद खान ६, महोम्मद आदिल आलम ८, जेरार्ड एरास्मस ०, कप्तान करण केसी १, सन्तोष यादव ० र दीपेश कँडेल ६ रनमा आउट भए । शाहव आलम २ रनमा अविजित रहे ।
बलिङमा चितवनका सोहिल तन्विरले ४ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २५ रन खर्चेर ४ विकेट लिएका हुन् । रञ्जित कुमार र कमलसिंह ऐरीले दुईदुई तथा रवि बोपाराले एक विकेट लिए ।


प्रतिक्रिया