काठमाडौं । नवगठित उज्यालो नेपाल पार्टीले घोषणा सभा आयोजना गर्ने भएको छ । शुक्रवार पत्रकार सम्मेलन गरी काठमाडौंमा आगामी मंसिर १७ गते बुधवार सो सभा आयोजना गर्ने जानकारी गराइएको हो ।
काठमाडौंको प्रज्ञा भवनमा सो सभा आयोजना गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता डा. राजु थापाले बताए । घोषणा सभाको प्रमुख वक्ता ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ रहनेछ ।
घोषणामा सभामा पार्टीको दृष्टि, मूल ध्येय र विस्तृत घोषणा पत्र २०८२ औपचारिक रुपमा सार्वजनिक गरिने पनि प्रवक्ता थापाले बताए ।
‘सो अवसरमा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणा पत्र २०८२ औपचारिक रुपमा सार्वजनिक गरिनेछ । जसमा पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्ययोजनालाई स्पष्ट रुपमा प्रस्तुत गरिनेछ। सार्वजनिक गरिनेछ,’ उनले भने ।
पत्रकार सम्मेलनमा नेताहरुले सो पार्टीले लोकतान्त्रिक समाजवादलाई अंगिकार गरेर अघि बढ्ने बताएका छन् ।


प्रतिक्रिया