काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नियुक्त गरिएको रिटको विवादमाथिको सुनुवाइ हेर्दाहेर्दैमा राखेको छ ।
न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा बिहीबारदेखि निरन्तर सुनुवाइ भइरहेको छ । आज पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । सहरजिस्ट्रार तथा प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार यसको सुनुवाइ सोमबारका लागि राखिएको छ ।
मधेस प्रदेश सरकार गठनका विषयमा तीन वटा छुट्टाछुट्टै रिट पेस भएका थिए। यी तीनै वटा रिटमाथि एक साथ सुनुवाइ भइरहेको छ ।
संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको सम्भावना हुँदाहुँदै धारा १६२ (३) अनुसार गठन प्रक्रिया अघि बढेको थियो । त्यसअनुसार तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमालेका यादवलाई मुख्यन्त्रीलाई नियुक्ति दिएकी थिइन् ।
त्यस्तै उनले कात्तिक २४ गते झिसमिसेमै महोत्तरीको बर्दिबासमा रहेको पानस होटलमा मुख्यमन्त्री यादवलाई शपथ ग्रहण समेत गराएकी थिइन् ।


प्रतिक्रिया