काठमाडौं । विवेकशील साझाका नेता मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकीकरणमा सहभागी नहुने भएका छन् ।
उनले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘विवेकशील साझा र रास्वपाको एकीकरणमा जुट्नुभएको सबै साथीहरूलाई शुभकामना छ । म यो एकीकरणमा सामेल छैन । अब केही समय (केही दिन वा केही महिना) ‘कुलिङ पिरियड’ लिन्छु । त्यसपछि नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्नेछु’ उनी लेख्छन्, ‘आजदेखि म पनि ‘स्वतन्त्र’ भएँ । विवेकशील पनि ‘स्वतन्त्र’ भयो ।’
आजै रास्वपा र विवेकशील साझा पार्टीबीच एकीकरण हुँदैछ । राष्ट्रिय सभागृहमा दिउँसो २ बजेका लागि एकता घोषणासभा आयोजना गरिएको छ ।


प्रतिक्रिया