धनगढी । गृहमन्त्री ओमप्रकाश अर्यालयले तोकेको समयमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनु यो सरकारको मुख्य उद्देश्य रहेको बताएका छन् ।
गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारले आज धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्नुहुँदै गृहमन्त्री अर्यालले तोकेको समयमा निर्वाचन गराउनका लागि सरकारले काम गरिरहेको बताएका हुन् ।
उनले जेनजी युवाले उठाएको माग र भदौ २३, २४ को घटना पश्चात नेपाल सरकार र गृह मन्त्रालयले शान्ति, सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाह र प्रभावकारिताको लागि निष्ठापूर्वक काम गरिरहेको बताए ।
जेनजी आन्दोलनको क्रममा घटेको घटना पश्चात सुरक्षा संयन्त्रहरूको कार्य सम्पादन र दैनिक प्रशासनिक कार्यमा असर परेको भए पनि अब सबै लयमा फर्केको गृहमन्त्रीको भनाइ थियो ।
“सुरक्षाको अवस्था पनि सामान्य बनेको छ”, उनले भने, “सबैको प्रयास, सहयोग र रचनात्मक सुझावका लागि धन्यवाद दिन चाहन्छु ।”


प्रतिक्रिया