प्रिमियर लिगमा हालान्डको कीर्तिमानी एक सय गोल

प्रिमियर लिगमा हालान्डको कीर्तिमानी एक सय गोल



काठमाडौं । ईंग्लिस प्रिमियर लिग फुटबलमा एर्लिङ हालान्डले एक सय गोल गरेका छन् ।

गएराति भएको खेलमा हालान्डको गोलसँगै म्यानचेस्टर सिटीले फुलहमलाई ५–४ गोलले हराएको छ ।

क्राभेन कुटेजमा भएको खेलमा हालान्डले १७औँ मिनेटमा गोल गरी आफ्नो एक सय गोल पूरा गरेका हुन् ।

उनी प्रिमियर लिगमा सबैभन्दा छिटो एक सय गोल पूरा गर्ने खेलाडी समेत बनेका छन् । उनले यो उपलब्धि एक सय ११ खेलमै प्राप्त गरेका हुन् ।

हालान्डले सन् २०२२ अगस्टमा प्रिमियर लिग डेब्यू गरेका थिए र लगातार दुई सिजन गोल्डेन बुट जितेका छन् ।

यो जितसँगै लिगमा सिटीको १४ खेलमा २८ अंक भएको छ ।

शीर्ष स्थानको आर्सनलभन्दा सिटी २ अंकले पछि छ ।आर्सनलको १३ खेलमा ३० अंक छ ।

सिटीसँग पराजित फुलहम १४ खेलमा १७ अंकसहित १५औँ स्थानमा छ ।