उज्यालो नेपाल पार्टीको कार्यक्रममा कुलमान पनि सहभागी

उज्यालो नेपाल पार्टीको कार्यक्रममा कुलमान पनि सहभागी



काठमाडौं । उज्यालो नेपाल पार्टीको कार्यक्रममा ऊर्जामन्त्रीसमेत रहेका कुलमान घिसिङ उपस्थित भएका छन् । पार्टीको कार्यक्रममा उनी सहभागी भएर औपचारिक सम्बोधनको तयारी रहेको उनी निकट स्रोतले जानकारी दिएकाे छ ।

काठमाडौंको राष्ट्रिय सभा गृहमा उज्यालो नेपाल पार्टीको औपचारिक समारोहमा उनी भर्खरै सहभागी भएका हुन् ।

पूर्वसचिव अनुपकुमार उपाध्यायको अध्यक्षमा निर्वाचन आयोगमा पार्टी भएको छ ।

पार्टी घोषणा सभास्थलमा हरियो टोपी लगाएका हरियो झन्डा बोकेकाहरूको बाक्लो उपस्थिति छ । बलिरहेको चिम चुनाव चिह्न राखेको यस पार्टीले सभास्थलको प्रवेशद्वारामै ठूलो चिमको प्रतीकात्मक रूपमा खडा गरिएको छ ।