शेयर बजार लगातार चाैथाे दिन घट्याे

शेयर बजार लगातार चाैथाे दिन घट्याे



काठमाडौं । शेयर बजार लगातार चौथो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ५२ अङ्कले घटेर २ हजार ६ सय ३१ दशमलव १७ विन्दुमा झरेको छ ।

आज फाइनान्स, होटल, उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै १ दशमलव १८ प्रतिशतले ओरालो लागेको छ । आज १ सय ७७ वटा कम्पनीको शेयर घटेकोमा ७४ वटाको बढेको छ । यस्तै ७ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज सामलिङ पावर कम्पनीको शेयर सबैभन्दा धेरै २ दशमलव ८५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सागर डिस्टिलरी, मिथिला लघुवित्त, झापा इनर्जी, स्वस्तिक लघुवित्त, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ३ सय ३२ वटा कम्पनीका १ करोड ८ लाख कित्ता शेयर ५ अर्ब २३ करोड रुपैयाँमा किनबेच भएको छ ।