आज अन्तर्राष्ट्रिय बैंक दिवस

आज अन्तर्राष्ट्रिय बैंक दिवस



काठमाडौं । आज अन्तर्राष्ट्रिय बैंक दिवस हो । एकपक्षीय दबाबविरुद्धको अन्तर्राष्ट्रिय दिवस पनि आजै परेको छ ।

यी दुवै दिवस संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न मुलुकमा मनाइन्छ ।

बैंक तथा वित्तीय संस्थाहरूलाई दिगो विकास लक्ष्य कार्यान्वयन, जलवायुअनुकूल वित्त, जीवनस्तर सुधार र समावेशी आर्थिक विकासमा सक्रिय भूमिका निर्वाहमा प्रेरित गर्नु यो दिवसको लक्ष्य हो ।

एकपक्षीय दबाबविरुद्धको अन्तर्राष्ट्रिय दिवस यसै वर्षदेखि मनाउन प्रारम्भ भएको हो ।

राष्ट्रसंघीय महासभाले यसै वर्षको जुनमा यो दिवस विश्वव्यापी रूपमा अन्तरराष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको चार्टरअनुसार नभएको एकपक्षीय दबाबका नकारात्मक प्रभावबारे चेतना फैलाउन र मुलुकहरूबीच सहकार्य र एकताका प्रयासलाई प्रोत्साहन गर्ने उद्देश्यका सात मनाउने घोषणा गरेको हो ।

यो दिवसले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक संवादको मूल आधार संवाद, पारस्परिक सम्मान, समझदारी, सहिष्णुता र बहुपक्षवादको आवश्यकतालाई जोड दिएको छ ।