सभापति देउवा र अध्यक्ष ओलीबीच महाराजगन्जमा भेटवार्ता

सभापति देउवा र अध्यक्ष ओलीबीच महाराजगन्जमा भेटवार्ता



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न पुगेका छन् । देउवा निवास महाराजगन्जमा केही बेरअघि ओली पुगेका हुन् ।

दुई नेताबीच अहिले भेटवार्ता जारी छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि दुई नेताहरूबिच पहिलो पटक भेटवार्ता भएको हो ।

त्यसअघि एमाले र कांग्रेसबीच सत्ता साझेदारी थियो। जेनजी आन्दोलनपछि भदौ २४ गते ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

माघ ११ गते राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन तय छ ।

समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा उनीहरूबीच कुराकानी हुने बताइएको छ ।