मधेशमा कांग्रेसका यादवलाई मुख्यमन्त्री बनाउन सात दल सहमत

मधेशमा कांग्रेसका यादवलाई मुख्यमन्त्री बनाउन सात दल सहमत



काठमाडौं । मधेस प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउन दलहरूबीच सहमति भएको छ । कांग्रेसका कृष्णप्रसाद यादवको नेतृत्वमा सरकार बनाउन ६ दलबीच लिखित सहमति भएको हो ।

अहिले प्रदेश सांसदहरूकाे हस्ताक्षर लिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न यादवसहित नेताहरू मधेस प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

६ दलीय गठबन्धनले मुख्यमन्त्रीमा यादवको नाम टुंगो लगाएको लोसपाका सांसद उपेन्द्र महतोले जानकारी दिए । प्रदेश प्रमुखले दिएको समयभित्रै दाबी पेस गर्ने उनको भनाइ छ ।