राप्रपाकी मधेश प्रदेश सांसद बिच्छा पदमुक्त

राप्रपाकी मधेश प्रदेश सांसद बिच्छा पदमुक्त



जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निष्कासन गरेपछि मधेश प्रदेश सांसद कञ्चन बिच्छा पदमुक्त भएकी छन् ।

मधेश प्रदेशसभाले आज निकालेको सूचनामा उनलाई सांसदबाट हटाएको उल्लेख छ । पार्टीको नीति विपरीत अनुशासन उल्लङ्घन गरेको भन्दै गएको १२ गते बसेको राप्रपाको बैठकले बिच्छालाई हटाउने निर्णय गरेको थियो । उनी प्रदेशको महिलातर्फ समानुपातिक सांसद थिइन् ।

पार्टीको नीति विपरीत मन्त्री बनेको भन्दै उनलाई प्रदेशसभा सदस्यबाट फिर्ता गर्ने राप्रपा केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरेको थियो ।