पूर्वराष्ट्रपति भण्डारी सिंहदरबार अवलोकनमा, प्रधानमन्त्री कार्कीसँग भेट्‌ने

पूर्वराष्ट्रपति भण्डारी सिंहदरबार अवलोकनमा, प्रधानमन्त्री कार्कीसँग भेट्‌ने



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सिंहदरबारमा पुगेकी छन् । जेन–जी आन्दोलनका क्रममा आगलागी भएको सिंहदरबारपरिसरको अवलोकनका लागि पुगेको उनका सहयोगी राजकुमार राईले जानकारी दिए ।

सिंहदरबार पुगेकी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेट्ने कार्यक्रम रहेको बुझिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको घर जाने कार्कीको कार्यक्रम भण्डारी सिंहदरबार जाने भएपछि रोकिएको छ । अहिले सिंहरबारमा भण्डारी र कार्कीबीच केही बेरपछि छलफल हुने स्रोतले जानकारी दिएको छ ।