काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन प्रक्रिया अघि बढाउन निर्वाचन समिति गठन गरेको छ ।
केन्द्रीय कार्यसमितिको १५ गते बसेको बैठकले महाधिवेशन प्रक्रिया अघि बढाउन निर्वाचन समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले केन्द्रीय निर्वाचन समितिमा दुई सदस्य मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वरिष्ठ अधिवक्ता राजेश्वर अधिकारी (लम्जुङ) र अधिवक्ता राजु कटुवाल (सुनसरी) लाई केन्द्रीय निर्वाचन समितिको सदस्यमा मनोनयन गरेका हुन् ।
पार्टी विधान–२०१७ (संशोधन सहित) को धारा ३५ बमोजिम गठन गरिएको उक्त समितिमा मनोनयन भएका सदस्यहरू आगामी निर्वाचनसम्बन्धी कार्य सञ्चालन, व्यवस्थापन र प्रक्रिया निष्पक्ष तथा व्यवस्थित बनाउने जिम्मेवारीमा रहनेछन् ।



प्रतिक्रिया