काठमाडौं । संसद् पुनर्स्थापनाको माग लिएर नेपाली कांग्रेस पनि सर्वोच्च अदालत गएको छ ।
कांग्रेसले वारेसमार्फत पूर्वमहान्यायाधिवक्ता खम्म खातीलाई संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्च पठाइएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
‘संसद् पुनर्स्थापनाको माग लिएर हामीले वारेसमार्फत खम्मजीलाई अदालत पठाएका छौं । प्रमुख सचेतक र सचेतकको हस्ताक्षर लिएर हामी सर्वोच्च गएका हौँ,’ घिमिरेले भने ।
यसअघि नेकपा एमालेले पनि संसद् पुनर्स्थापनाको रिट निवेदन दिएको छ ।
सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएलगत्तै कांग्रेसले संसद्पु नर्स्थापनाको मुद्दा लगेको हो ।


प्रतिक्रिया