काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरूलाई निर्वाचन चिन्ह प्रदान गरेको छ ।
मङ्सिर १ देखि १४ गते सम्म आयोगमा दर्ता भएका दलहरूलाई आइतबार चुनाव चिन्ह प्रदान गरेको हो ।
आयोगमा दर्ता भएको १४३ दलमध्ये १०७ राजनीतिक दलले चिन्ह प्रदान गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार ११४ दल निर्वाचनमा सहभागी हुनेछन् ।
तीमध्ये ५ दल एक चिन्ह लिएर संयुक्त निर्वाचनमा भाग लिनेछन् । एक सय २ दल एक्ला एक्लै निर्वाचनमा भाग लिनेछन् ।


प्रतिक्रिया