मधेश प्रदेशमा एमाले नेतृत्वको सरकारले गरेका सबै निर्णय बदर

मधेश प्रदेशमा एमाले नेतृत्वको सरकारले गरेका सबै निर्णय बदर



जनकपुर । मधेश प्रदेशमा एमाले नेतृत्वको सरकारले गरेका सबै निर्णय बदरमधेश प्रदेश सरकारले यसअघि संविधानको धारा १०३ बमोजिम गठन भएको नेकपा एमाले नेतृत्वको सरकारले गरेका सबै निर्णयहरू बदर गरेको छ ।

आज बसेको मधेश सरकारको मन्त्रिपरिष्द् बैठकले गएको कात्तिक २३ गतेदेखि मङ्सिर १७ गतेसम्मका तत्कालीन मन्त्रिपरिषदबाट भएका सम्पूर्ण निर्णयहरू बदर गर्ने निर्णय गरेको हो ।

संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा गएको कात्तिक २४ गते बर्दिबासको एक होटलमा शपथ लिनुभएका मुख्यमन्त्री सराेजकुमार यादवले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेका थिए ।

मङ्सिर १५ गते सर्वोच्च अदालतको परमादेशपछि पनि उनले विभिन्न नियुक्ति तथा कर्मचारी सरुवाका निर्णयहरू गरेको पाइएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले आज शपथ ग्रहण गरी कार्यभार सम्हालेका हुन् ।

आजै नेपाली कांग्रेसका जंगीलाल राय यादव र नेकपा एकीकृत समाजवादीका कनिश पटेलले विनाविभागीय मन्त्रीका रूपमा र जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले अर्थमन्त्रीको शपथ लिएका छन् ।