काठमाडौं । हामी नेपालका संस्थापक सुदन गुरुङले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ नगरे देशभर विरोध प्रदर्शन गर्ने चेतावनी दिएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले गत भदाै २३ गते भएकाे जेनजी आन्दाेलनकाे विषयलाई लिएर यस्तो चेतावनी दिएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अब हामी गृहमन्त्रीमा हिम्मत छ वा छैन भनेर हेर्न पर्खिरहेका छौँ, जसरी उनले सधैँ भन्दै आएका छन् कि छानबिन आयोगको लागि पर्खनुहोस् अब समय आएको छ । हेरौँला अब पनि आफ्नो बोली राखेनन् भने देशभर विरोध प्रदर्शन हुनेछ र त्यसको जिम्मा स्वयं गृहमन्त्री आफैँले लिनुपर्ने छ ।’


प्रतिक्रिया