पाकिस्तानी मुलका अमेरिकी खेलाडी मुख्तर सुदूरपश्चिममा अनुबन्धित

पाकिस्तानी मुलका अमेरिकी खेलाडी मुख्तर सुदूरपश्चिममा अनुबन्धित



काठमाडौं । सुदुरपश्चिम रोयल्सले एनपीएलका बाँकी म्याचका लागि पाकिस्तानी मुलका खेलाडी मुख्तर अहमदलाई भित्र्याएको छ । उनी पछिल्लो समय अमेरिकामा खेल्दै आएका छन् ।

दुई अष्ट्रेलियन ब्याटर क्रिस लिन र जोस ब्राउन घर फर्किएपछि प्लेअफका लागि रोयल्स थप दुई विदेशी खेलाडी भित्र्याएको छ । भारतका सेल्डन ज्याक्सनपछि अमेरिकाका अहमद थपिएका हुन् । ३२ वर्षीय अहमदले टप अर्डरमा ब्याटिङ गर्ने गर्छन् ।

अहमदले पाकिस्तानको राष्ट्रिय टिम र पाकिस्तान ए बाट पनि खेलेका छन् । उनीसँग ६ टी-२० अन्तर्राष्ट्रिय खेलेको अनुभव छ, जसमा ३२ को औसतमा दुई अर्धशतकसहित १९२ रन जोडेका छन् ।