काठमाडौं । बंगलादेशका पूर्वकप्तान शकिब अल हसनले टेस्ट र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास फिर्ता लिएका छन् । ३८ वर्षीय अलराउन्डर हसनले टेस्ट र टी–२० बाट सन्न्यास फिर्ता लिँदै तीन वटै फर्म्याट खेल्ने इच्छा व्यक्त गरेका हुन् ।
शकिबले एक वर्षभन्दा धेरै समयदेखि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् र गएको वर्ष टेस्ट र टी–२० बाट सन्न्यास लिएका थिए ।
इङ्ग्ल्यान्डका क्रिकेटर मोइन अलीको ‘बियर्ड बिफोर विकेट’ पोडकास्टमा शकिबले आफूले आधिकारिक रूपमा सबै फम्र्याटबाट सन्न्यास नलिएको बताए । उनले आफ्नो योजना बङ्गलादेश जाने र सन्न्यास लिनुअघि एकदिवसीय अन्तर्राष्ट्रिय, टी–२० र टेस्टको पूर्ण शृङ्खला खेल्ने रहेको सुनाए ।
शकिब सन् २०२४ को मेदेखि बङ्गलादेश फर्किएका छन् । गएको वर्षको अगस्ट ५ मा उनी सांसद रहेको अवामी लिग नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि शकिबले पाकिस्तान र भारतमा टेस्ट शृङ्खला खेले । कानपुरमा भारतसँगको दोस्रो टेस्ट उनको पछिल्लो अन्तर्राष्ट्रिय खेल थियो ।


प्रतिक्रिया