समानुपातिक निर्वाचनमा भाग लिन ६७ दल दर्ता

समानुपातिक निर्वाचनमा भाग लिन ६७ दल दर्ता



काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि ६७ दलले निवेदन दर्ता गराएका छन् ।

समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि आइतबारदेखि निवेदन खुला गरिएकोमा पहिलो दिन ३३ दलले निवेदन दर्ता गराएकोमा दोस्रो दिन ३४ दलले निवेदन दर्ता गराएको आयोगले जनाएको हो ।

दर्ता सूची अनुसार दोस्रो दिन नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लगायतका दलले निवेदन दर्ता गराएका आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार पहिलो दिन आइतबार नेपाली काँग्रेस लगायतका ३३ दलले निवेदन दर्ता गराइसकेका छन् । दर्ता हुनेमा पहिलो नम्बरमा देश विकास पार्टी रहेको छ भने अन्तिम नम्बरमा संघीय नेपाल पार्टी रहेको छ ।