मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)

मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)



काठमाडौं । मन्त्रिपरिषद्को सोमबारको बैठकले १८ निर्णय गरेको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन् ।

उनका अनुसार, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत, कोलोम्बो प्लानको नवौं महासचिव पदमा कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माको उम्मेदवारी स्वीकृत, तीनकुने घटनामा ज्यान गुमाएका सुरेश रजकलाई शहीद घोषणा लगायतका निर्णय गरेको छ ।