काठमाडौं । लगातार छैटौं कारोबार दिन घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव ३९ अङ्कले घटेर २ हजार ६ सय १४ दशमलव ०७ विन्दुमा झरेको छ ।
आज बैंक, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा जीवन बीमा समूहको शेयर १ सय ८ अङ्कले उकालो लागेको छ । आज १ सय ४८ वटा कम्पनीको शेयर बढेकोमा १ सय १ वटाको घटेको छ । यस्तै ९ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज स्वस्तिक लघुवित्त, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज, माथिल्लो मैलुन खोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन हिमस्टार ऊर्जा कम्पनीको शेयर भने सबैभन्दा धेरै ३ दशमलव ८८ प्रतिशतले घटेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ४ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ३ सय ३१ वटा कम्पनीको ८७ लाख ४२ हजार कित्ता शेयर ३ अर्ब ७५ करोड रुपैयाँमा किनबेच भएको छ ।


प्रतिक्रिया