काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाउन सिफारिस गरिएकाे छ । नेपाली कांग्रेस रोल्पाले महामन्त्री थापासहित ५ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको हो ।
सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरेको छ । कांग्रेस रोल्पा सभापति किशोरकुमार आचार्यले महामन्त्री थापासहित ५ जनाको नाम सिफारिस गरिएको जानकारी दिए ।
सभापति आचार्यले कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणी आचार्य, डा. मन्दिप सुवेदी, र ज्ञानबहादुर ओलीको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको जानकारी दिए ।
जिल्ला कार्यसमितिको मङ्गलबार बसेको बैठकले उम्मेदवारहरूको नाम सिफारिस गरेको हो ।


प्रतिक्रिया