सुर्खेत–१ बाट कांग्रेस कार्यवाहक सभापति खड्का एकल सिफारिस

सुर्खेत–१ बाट कांग्रेस कार्यवाहक सभापति खड्का एकल सिफारिस



काठमाडौं । सुर्खेत–१ प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको एकल नाम सिफारिस भएको छ ।

क्षेत्रीय कार्यसमितिको मंगलबारको बैठकले खड्काको एकल नाम सिफारिस गरेको हो । समानुपातिकतर्फ दुईजनाको नाम सिफारिस भएको छ ।

समानुपातिकतर्फ नरबहादुर सोनी र भीमा मल्ल सिफारिस भएका छन् । नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार प्रत्यक्षतर्फ एक महिलासहित बढीमा तीनजना र समानुपातिकतर्फ दुईजनाको नाम सिफारिस गर्न परिपत्र भएको छ ।