काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा २१५४ प्रतिनिधि सहभागी हुने भएका छन् ।
प्रतिनिधि व्यवस्थापन समितिको आज बसेको बैठकले राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूको टुङ्गो लगाएको केन्द्रीय संगठन विभागको प्रमुखको काशीनाथ अधिकारीले बताए ।
उनका अनुसार महाधिवेशनमा निर्वाचित, विशेष र पदेन गरी २१५४ जना प्रतिनिधि रहनेछन् ।
केन्द्रीय सल्लाहकार परिषद्का ३०९ जना सदस्यहरूको पनि महाधिवेशनमा सहभागिता रहनेछ । एमालेको ११ औँ महाधिवेशन शनिबारदेखि सुरु हुँदै छ ।


प्रतिक्रिया