नेप्से ५ अंकले घटेर २ हजार ६ सय ९ विन्दुमा

नेप्से ५ अंकले घटेर २ हजार ६ सय ९ विन्दुमा



काठमाडौं । हिजो बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ०३ अङ्कले घटेर २ हजार ६ सय ९ दशमलव ०३ विन्दुमा झरेको छ ।

आज उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर सामान्य घटेको छ । आज १ सय ६९ वटा कम्पनीको शेयर घटेकोमा ८० वटाको बढेको छ । यस्तै ९ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज झापा इनर्जी कम्पनीको शेयर सबैभन्दा धेरै ९ दशमलव ३० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन स्वस्तिक लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी, एसवाई प्यानल नेपाल कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ३ अर्ब ७५ करोडको कारोबार भएकोमा आज ३ सय २९ वटा कम्पनीका ८६ लाख ४७ हजार कित्ता शेयर ३ अर्ब ७३ करोड रुपैयाँमा किनबेच भएको छ ।