झापा-२ बाट प्रसाईंसहित तीन जनाको नाम सिफारिस

झापा-२ बाट प्रसाईंसहित तीन जनाको नाम सिफारिस



काठमाडौं । आउँदो फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसले तीन जनाको नाम सिफारिस गरेको छ ।

बुधबार बिर्तामोडस्थित पार्टी कार्यालयमा बसेको क्षेत्रीय समिति बैठकले उम्मेदवार बनाउन तीन जनाको नाम सिफारिस गरेको हो ।

बैठकले केन्द्रीय सदस्य सरिता प्रसाईंसहित छत्र गिरी र सजेश सिवाकोटीको नाम सिफारिस गरेको हो । कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवार सिफारिस गर्ने क्रम जारी छ ।