आज मौसम मुख्यतया सफा रहने

आज मौसम मुख्यतया सफा रहने



काठमाडौं । देशका केही भूभागमा आंशिक बदली रहे पनि आज मौसम मुख्यतया सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागले राति देशभर मौसम मुख्यतया सफा रहने बताएको छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले प्रष्ट पारेको छ ।