सिटौलाको क्षेत्रमा कांग्रेसबाट आठ जनाको नाम सिफारिस

सिटौलाको क्षेत्रमा कांग्रेसबाट आठ जनाको नाम सिफारिस



काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्र झापा ३ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको सिफारिस गरिएको छ ।

झापा ३ बाट कांग्रेसले प्रत्यक्षतर्फ आठ जनाको र समानुपातिकतर्फ ११ जनाको नाम सिफारिस गरेको हाे ।

यसअघि २०७४ र २०७९ को निर्वाचनमा यो क्षेत्रमा सिटौला राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए । अहिले सिटौला राष्ट्रिय सभामा छन् । राष्ट्रिय सभामा रहेका कारण उनको नाम सिफारिस भएन ।

प्रत्यक्षतर्फ सिफारिसमा परेका उम्मेदवारहरूमा नविन विमली, भगिरथ पोद्धार, शर्मिला अधिकारी, टीकाराज ढकाल, सीताराम खड्का, श्यामप्रसाद सिटौला, राजेन्द्र घिमिरे र देउप्रसाद लाबुङको नाम सिफारिस गरिएको छ । छैटौं नम्बरमा सिफारिस गरिएका श्यामप्रसाद सिटौला कृष्ण सिटौलाका छोरा हुन् ।

झापा–३ मा समानुपातिकतर्फ ११ जनाको नाम सिफारिस भएको छ ।

समानुपातिकतर्फ सिफारिसमा सुशीला ढकाल, हरिकृष्ण घोष, खड्ग राजवंशी, वडाराम हेमरम, सीतादेवी भट्टराई, लता कार्की, उर्मिला गौतम, कृष्णकली राजवंशी, सेलेतुन खातुन, लालबहादुर कन्दङ्वा र शिला तामाङ छन् ।