काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्यता छानबिन समिति गठन गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमहामन्त्री महेन्द्र यादवको नेतृत्वमा केन्द्रीय सदस्यता छानबिन समिति गठन गरेका हुन् ।
समितिको सदस्यहरूमा केन्द्रीय सदस्य शिव हुमागाईं, प्रा.डा. गोविन्दराज पोखरेल, अजयबाबु सिवाकोटी र शान्ति परियार बिक छन् ।
कांग्रेसको विधानअनुसार वडाहरूबाट वितरण हुने क्रियाशील सदस्यता पालिका निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रमा आइपुगेपछि केन्द्रीय सदस्यता व्यवस्थापन समितिले छानबिन समितिलाई हस्तान्तरण गर्नेछ ।
छानबिन समितिले सदस्यतामा देखिएका विवाद समाधान गरेपछि पुनः केन्द्रीय सदस्यता व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने प्रावधान छ । केन्द्रीय सदस्यता व्यवस्थापन समिति महामन्त्रीको नेतृत्वमा रहने वैधानिक प्रावधान छ ।



प्रतिक्रिया