बारा ४ बाट कांग्रेसका ९ जना उम्मेदवार सिफारिस

बारा ४ बाट कांग्रेसका ९ जना उम्मेदवार सिफारिस



बारा । नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ४ ले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारहरू सिफारिस गरेको छ । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि बारा ४ बाट प्रत्यक्षतर्फ ९ जनाको नाम सिफारिस भएको हो ।

सिफारिस हुनेमा नेताहरू श्यामबाबु यादव, बृजलाल यादव, कृष्णब्रत सिङ, नवराज त्रिपाठी, शोभाकर पराजुली, राजकिशोर गुप्ता, दिपेन्द्र पटेल, हरिशन्कर गुप्ता, कपिलदेव यदव छन् ।

साथै समानुपातिकतर्फ ६ जनाको नाम सिफारिस भएको छ । हरि थपलिया, नारायणी रायमाझी, शोभा लामा, माधवप्रसाद उपाध्याय, विनेद मण्डल, फैज अन्सरीको नाम सिफारिस भएको हो ।

राष्ट्रिय सभातर्फ अब्दुल मोतिलाल अन्सारी, प्रेम साह कनु र राधादेवी साहको नाम सिफारिस भएको छ ।