काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देशको पछिल्लो परिस्थितिका बारेमा छलफल गरिएको बताएका छन् ।
बिहीबार काठमाडौंमा सञ्चारमाध्यमका सम्पादकहरूसँग छलफलका क्रममा उनले दुई ठूला पार्टीका नेताबीच देशको पछिल्लो परिस्थितिका बारेमा छलफल भएको बताए ।
उनले भने, “दुईवटा पार्टीका नेताबीच भेट हुँदा देशको चिन्ता गरेनन् होला ? हामीबीच तोरीको बीउ छरेजस्तो हैन, बकुललाको बीउ रोपेजस्तो कुरा भयो । बकुल्लाको बीउ रोपेका छौँ हामीले ।”
देशको पछिल्लो अवस्था र चुनौतीका विषयमा छलफल गरिनु स्वाभाविक रहेको उनले बताए । ओली र देउवाबीच यही मंसिर १९ गते महाराजगन्जमा भेटवार्ता भएको थियो ।


प्रतिक्रिया