राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक पदका लागि विज्ञापन आह्वान

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक पदका लागि विज्ञापन आह्वान



काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक पदका लागि विज्ञापन आह्वान भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज मुख्य प्रशिक्षक पदका लागि विज्ञापन आह्वान गरेको हो ।

इच्छुक तथा योग्य उम्मेदवारले ३० दिनभित्र आवेदन दिन सक्नेछन् । करारमा नियुक्त हुने प्रशिक्षकले प्रो–लाइसेन्स हासिल गरेको हुनुपर्नेछ ।

गएको कात्तिकमा म्याट रसले राजीनामा दिएपछि नेपालले एन्फाका टेक्निकल डाइरेक्टर हरि खड्काको प्रशिक्षणमा मलेशियासँग एएफसी एशियन कप छनोट खेलेको थियो । तर फिफा र एएफसीका प्रतियोगिता खेल्न अनिवार्य प्रो–लाइसेन्स प्रशिक्षक चाहिने भएकाले एन्फाले विज्ञापन आह्वान गरेको हो ।