एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक



काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । शुक्रबार दिउँसो १ बजे च्यासलमा बस्ने गरी सचिवालय बैठक आह्वान भएको हो ।

शनिबारदेखि एमालेको ११ औं महाधिवेशन सुरू हुँदैछ । महाधिवेशनअघि सचिवालय बैठक बस्न लागेको हो । यो बैठकमा पदाधिकारी र केन्द्रीय कमिटी आकार बढाउनेबारे छलफल हुने बताइएकाे छ ।

भदौको विधान महाधिवेशनले पदाधिकारी संख्या १९ बाट घटाएर १५ मा झारे पनि नेताहरू व्यवस्थापन गर्न अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी संख्या पुन: १९ नै पुर्‍याउन खोजेका छन् ।

केन्द्रीय कमिटी ३५५ सदस्यीय रहेको छ । यसलाई पनि बढाउने तयारी छ ।