कांग्रेस जाजरकोटले गर्यो पाँच जना उम्मेदवार सिफारिस

कांग्रेस जाजरकोटले गर्यो पाँच जना उम्मेदवार सिफारिस



जाजरकोट । प्रतिनिधिसभा चुनावका लागि नेपाली कांग्रेस जाजरकोटले पाँच जनाको नाम सिफारिस गरेको छ । जाजरकोट सदरमुकाम खलङ्गामा बसेको पार्टीको बैठकले उम्मेदवार सीफारीसको निर्णय गरेको जनाइएको छ ।

प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ महेन्द्रबहादुर शाह, खड्कबहादुर बुढा, मुक्तिप्रसाद आचार्य, मैना कार्की र रामजंग शाहको नाम सिफारिस भएको छ ।

यस्तै, समानुपातिकतर्फ रामछाया शाही, हजारी नेपाली बादी, भुमिलाल रोकाय, जनक बादी र बिष्णु गिरीको नाम सिफारिस गरिएको छ । यस्तै, राष्ट्रियसभा सदस्यका लागि दिपकजंग शाह, खम्बजंग शाह र गीता नेपालीको नाम सिफारिस गरिएको हाे ।