काठमाडौं । मन्त्रिपरिषद्का सदस्यको संख्या १४ पुगेको छ । शुक्रबार शपथ लिएसँगै मन्त्रीहरूको वरीयता क्रम सार्वजनिक भएको छ । यसअघि नै अस्वाभाविक वरीयता क्रम रहेको मन्त्रिपरिषद्ले त्यो क्रमलाई निरन्तरता दिएको छ ।
थपिएका मन्त्रीहरूमा प्रा. डा. कुमार इङनाम र पूर्वएआईजी राजेन्द्रसिंह भण्डारीको वरीयता जेनजीको प्रतिनिधित्व गर्दै मन्त्री बनेका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताभन्दा पछाडि छ ।
यसअघि मन्त्रिपरिषद् विस्तार हुँदा नै सर्वोच्च अदालतको न्यायाधीश भइसकेका अनिलकुमार सिन्हा पूर्वसचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकसम्म भएर काम गरेका कुलमान घिसिङ र वरिष्ठ अधिवक्तासमेत भइसकेका ओमप्रकाश अर्यालपछिको पाँचौँ वरीयतामा थिए । वरिष्ठ अधिवक्ता भएर न्यायाधीश नियुक्त भइ सेवा निवृत्त भएका सिन्हालाई दिइएको जस्तै प्रा. डा. इङनाम र पूर्वएआईजी भण्डारीको वरीयता राखिएको छ ।
यसअघि मन्त्री बनेका बब्लुको १०औँ वरीयता कायम भएको छ भने ११औँ नम्बरमा प्रा.डा. इङनाम, १२औँमा पूर्वएआईजी भण्डारी, १३औँमा माधव चौलागाईं र १४औँ नम्बरमा श्रद्धा श्रेष्ठको वरीयता राखिएको छ ।


प्रतिक्रिया