पदाधिकारीमा चुनाव नलड्ने युवराज ज्ञवालीको घोषणा

पदाधिकारीमा चुनाव नलड्ने युवराज ज्ञवालीको घोषणा



काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले अब आफू पदाधिकारीको आकांक्षी नभएको बताएका छन् ।

नयाँ केन्द्रीय कमिटीका निम्ति पदाधिकारीमा प्रतिस्पर्धा नगर्ने उनले घोषणा गरे ।

काठमाडौंको भृकुटीमण्डपमा आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा ७२ वर्षीय ज्ञवालीले पदाधिकारीमा चुनाव नलड्ने घोषणा गरेका हुन् ।

उनले पार्टी राजनीति भने नछाड्ने स्पष्ट पारे ।पार्टीको ११औँ महाधिवेशनअन्तर्गत आजैदेखि बन्दसत्र सुरु हुँदै छ ।