विधान संशोधनमा ईश्वर पोखरेलको विमति

विधान संशोधनमा ईश्वर पोखरेलको विमति

वरिष्ठ उपाध्यक्ष नरहने, १९ पदाधिकारीसहित ३०१ सदस्यीय कमिटी बनाउने प्रस्ताव पारित



काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेकाे पदाधिकारी सङ्ख्या १९ सदस्यीय बनाउने प्रस्ताव पारित भएको छ ।

अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ गरी १९ सदस्यीय पदाधिकारी बनाउने ओलीको प्रस्ताव पारित भएको हो ।

स्थायी कमिटी ४५,पोलिटब्युरो ९९ सदस्यीय र केन्द्रीय कमिटी ३०१ सदस्सीय रहने निर्णय बैठकले गरेको हो ।

विधान महाधिवेशनको निर्णय उल्याउँदै अध्यक्ष ओलीले पदाधिकारी सङ्ख्या बढाएका हुन् । यो प्रस्ताव महाधिवेशनबाट अनुमोदन भएपछि तुरुन्तै बस्ने बन्दसत्रमार्फत नेतृत्व चयन प्रक्रिया अगाडि बढाइनेछ ।

बैठकमा ओलीले विधान संशोधनको प्रस्ताव निर्णयार्थ पेश गर्दा बहुमत सदस्यले ताली बजाएर समर्थन गरेपछि पारित भएको घोषणा गरिएको छ ।

सो निर्णयप्रति वरिष्ठ उपाध्यक्ष पोखरेलले विमति जनाउँदै बैठकमा सम्बोधन गरेका छन् । सुरेन्द्र पाण्डेले पनि संशोधन गर्ने नै भए २ कार्यकाल र ७० वर्षे उमेर हद हटाउनुपर्ने बताएका थिए ।