७० वर्ष पुगेकोले महाधिवेशन लड्दिनँ : अष्टलक्ष्मी शाक्य

७० वर्ष पुगेकोले महाधिवेशन लड्दिनँ : अष्टलक्ष्मी शाक्य



काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू ११ औं महाधिवेशन नलड्ने बताएकी छन् ।

उनले आज भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै ११ औं महाधिवेशनमा आफू कुनै पनि पदमा उम्मेदवार नहुने बताएकी हुन् ।

आफू ७० वर्ष उमेर पुगेकोले पार्टीमा कुनै पनि पदमा उम्मेदवार नहरने उनको भनाइ थियो । उनी नेतृत्वमा ७० वर्षे उमेरहद हुनुपर्ने पक्षमा छिन् ।

‘म यो ११ औं महाधिवेशन लड्दिनँ, कुनै पनि उम्मेदवार हुन्न,’ उनले भनिन् । उनले पार्टीलाई विधि र विधानसम्मत तवरले सञ्चालन गर्नुपर्नेमा जोड दिएकी छन् ।

साथै उपाध्यक्ष युवराज ज्ञवालीले पनि आफू ११ औं महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने घोषणा गरेका छन् ।