काठमाडौं । नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
उनी २०७९ सालको प्रतिनिधि सभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए भने २०७४ को स्थानीय तह चुनावमा गोकर्णेश्वर नगरपालिकाको मेयर निर्वाचित भएका थिए ।
पूर्वसांसद चालिसेविरूद्ध आज भ्रष्टाचार मुद्दा दर्ता भएको हो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तीन करोड ६८ लाख रुपैयाँ बिगो कायम गरी उनीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हाे । उनले गोकर्णेश्वर नगरपालिकामा मेयर हुँदा गैरकानुनी तरिकाले उक्त रकम आर्जन गरेको आरोप छ ।
गैरकानूनीरूपमा आर्जित रकमबाट उनकी पत्नी मन्दिरा, छोरा सागर, सञ्जीव र बुहारी प्रमिलालाई पनि जफत गर्ने प्रयोजनार्थ प्रतिवादी बनाइएको छ ।
साथै उनलाई काठमाडौं क्षेत्र नम्बर ३ ले हालै प्रतिनिधि सभा निर्वाचनका लागि एकल रूपमा उम्मेदवार पनि सिफारिस गरेको छ ।


प्रतिक्रिया