काठमाडौं । नेकपा एमालेले सबै क्लस्टरको केन्द्रीय सदस्यमा ४० वर्षमुनिका युवाको कोटा राख्ने भएको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्दसत्रमा महासचिव शंकर पोखरेलले यस्तो प्रस्ताव पेश गरेका हुन् ।
उनका अनुसार भौगोलिक क्षेत्रका रूपमा राजधानीसहित ८ प्रदेशबाट ४० वर्षमुनीको एक युवासहित खुला ६ जना र महिला ३ जनाको कोटा निर्धारण भएको छ ।
अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९ जना रहने पदाधिकारी संख्या बन्द सत्रको हलमा प्रस्तुत गर्ने निर्णय भएको छ ।
पोलिटब्युरो ९९ सदस्यीय हुनेछ । केन्द्रीय कमिटी भने २ सय ५१ बाट बढाएर ३ सय १ जनाको बनाइएको छ ।
अब बन्ने केन्द्रीय कमिटीको संरचना :
१) पदाधिकारी (१९)जना
–अध्यक्ष : १
–उपाध्यक्ष : ५
–महासचिव : १
–उपमहासचिव : ३
–सचिव – ९ जना
२) प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाट: ९–८(७२) जना
–खुल्ला : ५
–महिला : ३
–युवा : १
३) खुल्ला कोटा (१२५ ) जना
–खुल्ला : ७१
–महिला : ५२
–युवा : २
४) जनजाति / आदिवासी ( २५) जना
–आदिवासी–जनजाति :
–खुल्ला : १५
–महिला : ८
–युवा : २
५) मधेसी (२०) जना
–मधेसी :
–खुल्ला : ११
–महिला : ६
–युवा : २
६) प्रवास (२) जना
–भारत : १
–अन्य देश : १
७) श्रमिक (३) जना
–खुल्ला : २
–महिला : १
८) अपाङ्गता भएका व्यक्ति (१) जना
– खुल्ला : १
९) दलित (१२) जना
–खुल्ला : ७
–महिला : ४
–युवा : १
१०) थारु (८) जना
–खुल्ला : ५
–महिला : ३
११) मुस्लिम (५) जना
–खुल्ला : ४
–महिला : १
१२) थारु (८) जना
–खुल्ला : ५
–महिला : ३
१३) पिछडिएको क्षेत्र (२) जना
–खुल्ला : १
–महिला : १


प्रतिक्रिया