कांग्रेस काठमाडौं ६ बाट ११ जना उमेदवार सिफारिस

कांग्रेस काठमाडौं ६ बाट ११ जना उमेदवार सिफारिस



काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिमा काठमाडौं ६ बाट आसन्न निर्वाचनको लागि उमेदवारहरू सिफारिसमा परेका छन् ।

आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले सबै तहको संयुक्त बैठक राखी पार्टीभित्र आन्तरिक छलफल, भेटघाट तथा परामर्श गरी ११ जना उमेदवारहरूको सिफारिस गरेको छ ।

प्रत्यक्षतर्फ कृष्ण सबुज बानियाँ, सुभाष अधिकारी, श्यामकृष्ण खड्गी, लक्ष्मण के.सी, सुसन वैद्य, मनोज भण्डारी, माधब तिमिल्सेना, कृष्णमान श्रेष्ठ, रवि के.सी., इन्दिरा चौलागाईं र अम्बिका शर्मा रहेका छन् ।

त्यसैगरी समानुपातिकतर्फ भिमसेन दास प्रधान, जीवन डंगोल, सावित्री राजभण्डारी, लक्ष्मण महर्जन, पशुपति गुरुङ, रामबहादुर रजक (रम्बा), मुजादिन मिजान, यासिवा रहमान र गोविन्द परियार, राष्ट्रिय सभातर्फ डा. शिवचन्द्र शाही एक्ला उमेदवार सिफारिस छन् ।