काठमाडौं । नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टीका कुनै पनि पदमा नबस्ने घोषणा गरेका छन् ।
उनले अब पदभन्दा बाहिर रहेर पार्टीको हितको काममा समर्पित रहने बताए ।
एमालेको ११औं महाधिवेशनको बन्द सत्रमा बोल्दै बडालले पछिल्लो समय आफूले जिम्मेवारी अपेक्षित रूपमा पूरा गर्न नसकेको आत्मस्वीकृति व्यक्त गर्दै यस महाधिवेशनबाट पार्टीको कुनै पनि पदमा नबस्ने घोषणा गरेका हुन् ।


प्रतिक्रिया