एनपीएलको सफलतापूर्वक समापनपछि आईसीसीका अध्यक्षले दिए बधाई

एनपीएलको सफलतापूर्वक समापनपछि आईसीसीका अध्यक्षले दिए बधाई



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण सफलतापूर्वक समापन भएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले बधाई दिएको छ ।

विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले आइतबार नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलाई पत्र लेख्दै बधाई दिएको हो । “नेपाल प्रिमियर लिगको सफल योजना र कार्यान्वायनका निम्ति म नेपाल क्रिकेट संघलाई न्यानो बधाई दिन चाहन्छु,” आईसीसीको पत्रमा उल्लेख छ ।

एनपीएलको दोस्रो संस्करणले शनिबार नयाँ च्याम्पियन पाएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो ।