काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको ११औं महाधिवेशनले नयाँ नेतृत्व चयन प्रक्रियामा जुटेको छ ।
२ कार्यकाल अध्यक्ष भइसकेका केपी शर्मा ओली तेस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गर्ने तयारीमा छन् भने हालका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई काउन्टर दिएका छन् ।
पोखरेलको प्यानल निर्माण आन्तरिक छलफलमै रहेका बेला ओलीले आफ्नो प्यानल सार्वजनिक गरिसकेका छन् ।
प्रतिनिधि छनोटका क्रममा ईश्वर पोखरेल क्याम्पमा हिसाब गरिएकी मन्जुदेवी गुरुङ ओली क्याम्पबाटै केन्द्रीय सदस्य उम्मेदवार बनेकी छन् । उनी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी मितिनी हुन् ।
धेरैले उनी पोखरेल पक्षमै रहने आकलन गरेका थिए । उनी पोखरा महानगरकी उपमेयर हुन् । उनलाई ओली क्याम्पबाट आदिवासी जनजाति महिला कोटामा सदस्यको उम्मेदवार बनाइएको हो ।


प्रतिक्रिया