एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता

एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता



काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ ।

सो क्रममा पोखरेलले केहीबेरअघिमात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन कार्यतालिका अनुसार, मतदान भोलि हुँदैछ ।

पोखरेलसँग अध्यक्षमा केपी शर्मा ओलीले प्रतिस्पर्धा गर्दैछन् । उनीहरू दुवै जना प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।

आज दिउँसो ३ः३० बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तय गरिएको छ ।