रघुजी पन्त ओली समूह छाडेर ईश्वर समूहबाट उपाध्यक्ष उठ्ने

रघुजी पन्त ओली समूह छाडेर ईश्वर समूहबाट उपाध्यक्ष उठ्ने



काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले ११ औं महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।

केपी शर्मा ओली समूह छाडेर उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेका हुन् । ‘उपाध्यक्ष पदमा उठ्न मैले मनोनयन फारम लिइसकेँ,’ उनले भने ।

ओली समूहबाट उपाध्यक्षमा रामबहादुर थापा, प्रदीप ज्ञवाली, विष्णु पौडेल, गुरू बराल र पृथ्वीसुब्बा गुरूङको नाम टुंगो लागेको भनिए पनि ज्ञवालीले महासचिव पदमै उठ्ने अडान लिएका छन् ।

उपाध्यक्षमा आफ्नो नाम समावेश नभएपछि ओलीनिकट पन्त ईश्वर समूहबाट उपाध्यक्ष उठ्न लागेका हुन् ।