नेप्से आज ६.७४ अंकले बढेर २ हजार ६ सय १ विन्दुमा

नेप्से आज ६.७४ अंकले बढेर २ हजार ६ सय १ विन्दुमा



काठमाडौं । हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ७४ अंकले बढेर २ हजार ६ सय १ दशमलव ६१ विन्दुमा पुगेको छ ।

आज होटल तथा पर्यटन, लगानी, माइक्रोफाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको सामान्य बढेको छ । आज १ सय ५५ वटा कम्पनीको शेयर बढेकोमा ९४ वटाको घटेको छ । यस्तै १० वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज स्वस्तिक लघुवित्त, एसवाई प्यानल नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन हिमस्टार ऊर्जा कम्पनीको शेयर भने झन्डै ७ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ४ अर्ब ७४ करोडको कारोबार भएकोमा आज ३ सय २९ वटा कम्पनीका ७७ लाख ५७ हजार कित्ता शेयर ३ अर्ब ४४ करोड रुपैयाँमा किनबेच भएको छ ।