काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले आफूलाई उपाध्यक्षको उमेदवार बनाउने निर्णयप्रति असन्तुष्टि जनाएका छन् । ११औँ महाधिवेशनमा आफू उपाध्यक्षको उमेदवार नबन्ने उनले बताएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओली समूहबाट उनलाई उपाध्यक्षमा अघि सारिएको थियाे । सोमबार अपराह्न करिब सवा ४ बजेसम्म उनले उमेदवारी मनोनयनपत्र दर्ता गराएका छैनन् ।
उमेदवारी नदिने भन्दै उनी काठमाडौंको भृकुटीमण्डपस्थित महाधिवेशनस्थलबाट बाहिरिएका छन् । यसपालि उनी महासचिव पदको दाबेदार थिए । १०औँ महाधिवेशनबाट उनी उपमहासचिव बनेका थिए ।
महासचिव पदमा उठ्न नपाए केन्द्रीय सदस्य मात्रै हुने ज्ञवालीले निकटहरूसँग र पार्टी नेतृत्वसँग पनि राखेका छन् ।
ज्ञवाली असन्तुष्ट रहेपछि नेता विष्णु पौडेलले उनीसँग कुराकानी गरेका थिए । एमाले नेता नवीना लामाले पनि भावुक हुँदै नेता ज्ञवालीलाई अपमान भएको बताएकी छन् ।


प्रतिक्रिया